जनकपुर, ३ असोज : प्रहरीको खोजी सूचीमा रहेको भनिएका सिके राउतले आज (बुधबार) हजारौं कार्यकर्ताको बीचमा संविधानमा चर्को विरोध गरेका छन् । संविधान दिवसकै दिन स्वतन्त्र मधेसको माग गर्दै प्रदेश–२ को राजधानी जनकपुरकै मुख्य चोकमा संविधानको चर्को विरोध गर्दै भाषण गरेका हुन् ।

जनकपुरको ‘रामानन्द चोक’ मा राउतले भाषण गर्दैगर्दा राउतलाई खोजीरहेको भनिएको प्रहरी भने उनकै भाषण सुनिरहेको थियो । मंगलबार साँझसम्म राउतको खोजी भइरहेको बताएको जनकपुर प्रहरी उनले मुख्य चोकमा संविधानको विरोधमा चर्को भाषणा दिंदा भने मूकदर्शक बन्यो ।
सिके राउतले जनकपुरमा भाषण गर्दा उता रुपन्देहीको गैडहवामा आमसभा भएको छ । राउत नेतृत्वको स्वतन्त्र मधेश संगठनले आफ्ना कार्यकर्ता राममनोहर यादवको श्रद्धाञ्जली कार्यक्रमसहित कालो संविधान भन्दै विरोध सभा गरेको हो ।