काठमाडौं, माघ १४ : नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेतृ सुजाता कोइरालालाई प्रहरीले कुटपिट गरेको छ । साेमबार दिउँसो पद्म कन्या क्याम्पसमा सरकारविरुद्ध प्रदर्शन गरिरहेकाे बेला विद्यार्थी नेतृ कोइरालाई प्रहरीले कुटपिट गरेको हाे ।
प्रहरीको कुटाइबाट उनी घाइते भएकी छिन् । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको नेविसंघका अध्यक्ष नैनासिंह महरले जानकारी दिए । अध्यक्ष महर अुनसनर उनको सिटी स्क्यान हुँदैछ ।