प्रहरीका उच्च अधिकारीको गोप्य निगरानी, एसपीको कमाण्डमा सुराकी

| 2018 Dec 11 | 09:06 am 1966

काठमाडौं, मंसिर २५ : पछल्लो समय प्रहरी भ्रष्टाचार तथा अन्य विभिन्‍न अपराधमा संल्गन भएका खबरहरु आएपछि आइजीपी सर्वेन्द्र खनालले प्रहरी उपरीक्षक (एसपी) को कमाण्डमा विशेष सुराकी परिचालन गरेको खुलासा भएको छ।

प्रहरीका उच्च अधिकारी एसएसपी, डिआर्इजीपी र एआर्इजीपीमाथि गोप्य निगरानी गर्न १ नम्बर गण (नक्साल)का गणपति एसपी सन्दीप भण्डारीको नेतृत्वमा आर्इजीपी खनालले गोप्य टोली खटाएको खलासा भएपछि प्रहरीभित्र हलचल मच्चिएको छ। निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्यापछि प्रहरीको बिग्रिएको छवि उकास्न र आन्तरिक शुद्धिकरण गर्न भन्दै आर्इजीपी खनालले गत महिना मार्सल टोली गठन गरेका थिए । कतिपय उच्च अधिकारी यो निर्णयप्रति असन्तुष्ट रहेको स्रोत बताउँछ ।

आफूभन्दा कनिष्ठसमेत रहेका महानगरीय प्रहरी आयुक्त शैलेश थापा क्षेत्रीको मातहतमा राखिएको भन्दै त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डीआर्इजी शेरबहादुर बस्‍नेतले त सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए। उनको असन्तुष्टिपछि आर्इजीपी खनालले आइतबार मात्रै बस्‍नेतलार्इ एयरपोर्टबाट राष्ट्रिय सुरक्षा परिषद सचिवालय सरुवा गरेका छन् ।

आर्इजीपीले हेडक्‍वाटरसहित देशभरका युनिटको निगरानी तथा नियमन गर्न एसपीको कमाण्डमा मार्सल टोली गठन गरेको प्रहरी श्रोतले जनाएको छ। आर्इजीपीको यस निर्णयलाई उनी निकटका अधिकृतहरुले स्वभाविक भनेपनि बाँकीले भने प्रतिशोध साँध्‍न यस्तो निर्णय गरिएको भन्दै असन्तुष्टी जनाएका छन्।

‘मातहत युनिट तथा निकायभित्रका गतिविधिमाथि जानकारी लिने तथा शुद्धिकरण गर्नलाई मार्सलटोली परिचालन गर्नु स्वभाविक हो,’ आर्इजीपी पक्षधर एक डीआर्इजीले भने, ‘यसलाई कसैले पनि अन्यथा लिनै हुँदैन । तर अर्का एक डीआर्इजी भने ‘एसएसपीकै कमाण्डमा निरीक्षणालय हुँदाहुँदै एसपीलाई सुराकी बनाएर खटाउनु उचित होइन, यसले आर्इजीपीलाई पनि राम्रो गर्दैन। आफ्ना कर्मचारीले गलत काम गरे भने चेन अफ कमाण्डमा चल्ने निकायले त्यही अनुसार कारबाही गर्ने च्यानल छँदै छ? ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.