काठमाडौं, पुस २ : नेपाल प्रहरीको प्रहरी निरीक्षकका लागि भएको स्वास्थ्य परीक्षको नतिजा प्रकाशन भएको छ। प्रहरी प्रधान कार्यालयले नतिजा प्रकाशन गर्दै अन्य परीक्षाको तालिका पनि सार्वजनिक गरेको छ।
नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक (जनपद) पद खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट मिति २०७५-०६-१५ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई नेपाल प्रहरी अस्पताल महाराजगंजमा मिति मंसिर ११ गतेदेखि मंसिर २३ गतेसम्म स्वास्थ्य परीक्षण परीक्षामा लिएको थियो ।