प्रहरीकै गाडीमा ट्राफिकले लगाइदियो ‘ह्विल लक’

रिपोर्ट नेपाल | 2020 Jan 20 | 02:59 pm 1500

काठमाडाैं, माघ ६ : अनामनगरमा ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको छ। महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो।

सडक ढाकेर पार्किङमा राखेको गाडीमा लक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको महाशाखा प्रमुख भीम ढकालले बताए।

‘नियम मिच्ने जुनसुकै गाडीमा पनि ह्विल लक लाग्छ, हामी यसको उसको भन्दैनौं,’ ढकालले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.