प्रहरीकाे कर्मचारी प्रशासनमा पाण्डेकाे उदय

रिपोर्ट नेपाल | 2022 May 26 | 11:07 am 1645

काठमाडौं, जेठ १२ः नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाको प्रमुख फेरेका छन् ।

शैलेस थापाले कर्मचारी प्रशासन शाखामा राखेका प्रहरी उपरीक्षक (एसपी) दिलिप घिमिरेलाई हटाएर महानिरीक्षक सिंहले प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेलाई उक्त फाँटकाे जिम्मेवारी दिइएको छ ।

उपरीक्षक पाण्डे प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँदा समेत कर्मचारी प्रशासन शाखामा काम गरेको अनुभव संगालेका कारण उक्त जिम्मेवारी दिइएकाे बुझिएकाे छ । एसपी पाण्डे नेपाल प्रहरीमा काबिल अफिसरको रुपमा परिचित छन् ।

उनी केन्द्रीय अनुसन्धान ब्यूराे (सिआइबी) जिल्ला प्रहरी कार्यालय पर्सा लगायतका विभिन्न ठाउँमा सफल कमाण्डर बनेका अधिकृत हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.