काठमाडौं, पुस ८ : प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध अहिलेसम्म ५ वटा उजुरी परेका छन् । संवैधानिक परिषदले गत मंसिर २७ गते जबरालाई प्रधानन्यायाधीशमा सिफारिस पछि सुरु भएको सुनुवाईमा हालसम्म ५ वटा उजुरी परेको हो ।
उजुरीमा अधिकांश विषय राणाको फैसललासँग जोडिएको छ । समितिले बुधबारसम्म उजुरी लिने बताएको छ । उजुरीको समयसीमा सकिएपछि उजुरीकर्तालाई बोलाएर अर्को आइतबार राणाको सुनुवाई गर्ने समितिले तयारी गरेको छ । संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।