काठमाडौँ, मंसिर २८ : प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको संसदीय सुनुवाइ आइतबारका लागि तय भएको छ ।न्यायपरिषद्को सिफारिसमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणालाई प्रस्ताव गरेको हो ।
परिषद्ले नाम अन्तिम रूप दिएपछि संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संसदीय सुनुवाइ समितिको बैठकले आइतबार राणाको नाममा सुनुवाइ गर्ने छ । बैठकले उजुरी माग्ने र छलफल गरेर निष्कर्ष सुनाउने छ । ओमप्रकाश मिश्र अघि प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीको नाम सुनुवाइ समितिले अस्वीकार गरेको थियो ।
यस पटक पनि जोशीको नाम न्यायपरिषद्ले संवैधानिक परिषद्मा सिफारिस गरेको थियो । तर, संवैधानिक परिषद्ले राणाको नाम भावी प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो ।