प्रसाद २ का निर्देशक थापा र सम्पादक श्रेष्ठ फरार

| 2023 Oct 08 | 04:07 pm 5001

काठमाडौं, असोज २१ । फिल्म निर्माता निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठको मन्जुरी बिना  नेपाली चलचित्र ‘प्रसाद २’ विदेशमा लगेर प्रदर्शन गरेको भन्दै प्रहरीमा उजुरी परेपछि ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । अग्रवाल पक्राउ परे लगत्तै निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठ ‘फरार’ भएका छन् ।

प्रहरीले उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघात कसुरमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि  जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको जिल्ला प्रहरी परिसर काठमाडाैंका सुचना अधिकारी एसपी कुमोध ढुङ्गेलले जानकारी दिएका छन् । फरार रहेका थापा र श्रेष्ठलाई प्रहरीले खोजि गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.