झापा कात्तिक ७: तत्कालिन नेकपाका अध्यक्ष केपी शर्माओली र पुष्पकमल दाहाल (प्रचण्ड ) लाई मार्सी चामलको भात खुवाएर नेपालि संचार माध्यमबाट ब्यापक चर्चामा ल्याइएका दुर्गा प्रसाई अन्तत: नेकपा एमालेमा प्रवेश गरेका छन्। आज झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रसाईलाई पार्टीमा स्वागत गरेका छन् । माओवादी निकट मानिने प्रसाई ओली सत्तामा पुगेपछि ओलीसँग अत्यन्तै नजिकिएका थिए।
प्रसाई बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालका सञ्चालक हुन्। ओली प्रधानमन्त्री हुँदा बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउने प्रयत्नसमेत गरेका थिए।
तर राष्ट्रिय चिकित्सा शिक्षा आयोगले नमानेपछि बीएण्डसीलाई सम्बन्धन दिन ओली असमर्थ भएका थिए। त्यतिबेला ओलीले आयोगका अध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाएर दबाब दिएपछि चौतर्फ विरोधसमेत भएको थियो।