जनकपुर, भदौ २६ः संसारलाई कोरोना महामारीले आतंकित पारिरहेको र लामो समयदेखि देशका विभिन्न ठाउँमा लकडाउनले सर्वसाधारण रोग र भोकले आक्रान्त भइरहेका बेला प्रदेश प्रहरी कार्यालय जनकपुरका प्राविधिक डिएसपी अंशु सिंहलाई भने यो अवधि चाँदी कटाई भएको छ ।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार डिएसपी अंशु सिंहले प्रशासन फाँट सम्हालेदेखि विभिन्न जिल्लाका घुमुवा देखि युनिटका इन्चार्जलाई आतंकित पार्ने काम गरिरहेका छन् ।
जनकपुर स्थायी घर भएका सिंहको घरमा बिहान पुग्ने हो भने राजा महाराजा कहाँ जस्तै भिड लाग्ने गरेको छ ।
त्यहाँ बिहान हुने भिड उनलाई विभिन्न ठाउँका इन्चार्जले पठाएको कोसेली पुर्याउन आउनेको हुने समाचार स्रोत बताउँछ ।
सादा पोशाकमा माछा, मासु, तरकारी, मदिरा, फलफूल नपठाए डिआइजी समक्ष उजुरी परेको भन्दै इन्चाजलाई तर्साउने गरेको समाचार स्रोत बताउँछ ।
आफ्ना व्याची एसएसपी भइसक्दा पनि डिएसपीमै रमाउँदै बसेका सिंहले प्राय २ नम्बर र ३ नम्बर प्रदेशमा मात्रै बस्न रुचाउने गरेका छन् ।
डिआइजीले कुनै कर्मचारीलाई कही पठाउन निर्देशन दिँदा समेत उसको नेगेटिभ कुरा सुनाएर आफूलाई मालपानी दिनेलाई पठाउने गरेको बताइन्छ ।
आफ्नो ज्यानको प्रवाह नगरी फिल्डमा खटिने तल्लो दर्जाका प्रहरी कर्मचारीलाई घरमा राखेको नोकरको जस्तै व्यवहार गर्ने अंशुका विषयमा प्रहरीको नेतृत्व जानकार भएर पनि जनकपुरमै बसीरहने आशिर्वाद कसले दिएको छ बुझ्न सकिएको छैन ।
प्रदेशमा एसपी नहुँदासम्म प्रशासन हेर्ने जिम्मा दिएपनि एसपी हाजिर भइसक्दा पनि यस्ता विवादित व्यक्तिलाई प्रशासनमै टाँसीरहने मौका कहाँबाट कसले दिएको छ पीडित प्रहरी कर्मचारी बताउँछन् ।