प्रमुख सचेतक खाणद्वारा स्वास्थ्य सामाग्री सहयोग

रिपोर्ट नेपाल | 2021 May 18 | 05:42 pm 4805

रूपन्देही, जेठ ४ः मंगलबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रमुख सचेतक पूर्व रक्षा मन्त्री बालकृष्ण खाणले रुपन्देही   जिल्लाकाे निर्वाचन क्षेत्र नं ३ का सबै हेल्थ पोष्टहरूमा स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरसको दोस्रो चरणको भेरियन्तसहितको भाइरसका कारण उत्पन्न जटिल परिस्थितिमा गरिव तथा अति बिपन्न परिवारका लागि उनले रुपन्देही क्षेत्र न ३ मा रहेको सबै स्वास्थ्य चौकीहरुमा मास्क, स्यानिटाइजर, पन्जा लगायतका स्वास्थ सामाग्री पठाएका हुन् ।

नेता खाणले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सुरक्षा सामाग्रि उपलब्ध गराएका हुन् । उक्त क्षेत्रमा उपलब्ध गराएका स्वास्थ्य सुरक्षा सामाग्रि मंगलबार महासमिति सदस्य तथा वडा अध्यक्ष विष्णु बस्याल, जिल्ला सदस्य शिव न्यौपाने लगायतले स्वास्थ्य संस्थामा पुगेर हस्तान्तरण गरेका थिए ।

उपलब्ध गराएका पिपिई सेट, मास्क, सेनिटाईजर, ग्लब्स, भिटामिन सि लगायतका स्वास्थ्य सुरक्षा सामाग्रि रुपन्देही प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. ३ का बिभिन्न ८ वटा स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्य कर्मीलाई प्रदान गरिएको नेपाली काँग्रेस तिलोत्तमा नगर समितिका सहसचिव सञ्जिव बस्यालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.