प्रमुख प्रशासकिय अधिकृत यादवद्वारा खेलाडी बिदाई

रिपोर्ट नेपाल | 2022 Oct 15 | 08:14 pm 1345

  • महेश सिंह

सिरहा लहान, असोज २९ः सिरहाको लहानबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भागलिन खेलाडीलाई बिदाई गरिएको छ। करिब ३ महिना देखि निरन्तर खेलमा सकृय रहेका खेलाडीहरुलाई बिदाई गरेका हुन्।

लहान स्थित रहेको पशुपति आदर्श उच्च माध्यमिक विद्यालयको परिसर भित्र संचालनमा रहेको जिम खाना र वेटलिप खानाका खेलाडीहरुलाई बिदाई गरेका छन्।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भागलिन खेलाडीहरुलाई सप्तरीको महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्थात लहानका स्थानीय युवा दिलिप कुमार यादवले एक कार्यक्रम बीच माला र टिका लगाएर बिदाई गरेको कोच रोशन चौधरी र बिरेन्द्र यादवले बताए।

खेलमा सानै देखि उत्साही र उत्प्रेरित रहेका युवा दिलिप कुमार यादवले बिगत देखि खेलाडीहरुलाई आर्थिक, पोसाक र शैक्षिक खेल सामग्रीहरु सहयोग गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत यादवले हिजो २ जना खेलाडीलाई लहानबाट बिदाई गरेका हुन्।

यादवका अनुसार आफूले खेलाडीहरुलाई निरन्तर सहयोग गर्दै आएका छन्। बिदाई गरिएका खेलाडीहरु सफल भएर आएपछि उचित सम्मान गरिने र लहान बासीका लागि गौरवका कुरा हुने उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.