प्रमुख प्रतिपक्षी कांग्रेसबिनै संसद् बैठक सञ्चालन

| 2018 Aug 02 | 04:58 pm 1561

काठमाडौँ, साउन १७ :  प्रमुख प्रतिपक्षी कांग्रेसका संसद्ले बहिष्कार गरे पनि बिहीबारको स‌ंसद् बैठक सञ्चालन गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले सदनमा उठेका प्रश्नहरुको जवाफ दिए लगत्तै प्रश्नोत्तर गर्न कांग्रेसका संसद्ले माग गरेका थिए। तर सभामुखले परराष्ट्रमन्त्री ज्ञवालीलाई समय उपलब्ध गराएका पछि कांग्रेस सांसदहरुले बैठक अस्वीकार गरेका थिए । तर, सभामुख महराले आज विशेष समय र शून्य समयमा उठेका सवालका उत्तर मात्रै मन्त्रीले दिने भन्दै बैठक अगाडि बढाएका थिए।

ज्ञवालीले आफ्नो विदेश भ्रमणबारेमा सदनलाई जानकारी गराएसँगै सभामुख कृष्णबहादुबाही अगाडि बर महराले उठिरहेका कांग्रेस सांसदहरुलाई बस्न आग्रह गरेका थिए। उनले अर्को दिन प्रश्न गर्ने समय दिने भन्दै आज बसेर संसदको कारढाउनको लागि सहयोग गर्न आग्रह गरेका थिए। तर कांग्रेस सांसदहरुले अस्वीकार गरेका थिए।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बोलेपछि कांग्रेस सांसदहरुले प्रश्नउत्तर मागेका थिए । तर सभामुखले संसदीय समितिहरु गठनको सूचना पढे । कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उभिएर विरोध गरेकै बेला उनले नाम पढेका थिए ।

सभामुख महराले नाम पढेर सकाए र समितिका सदस्यहरुको नाम मनोनयनको लागि प्रस्ताव गरे। त्यतिखेर भने उभिएर मन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्ने माग गरिरहेका कांग्रेस सांसदहरु बैठक बहिस्कार गरेर बाहिरिए।

त्यसपछि सभामुखले अर्थमन्त्री युवराज खतिवडालाई बिमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिए। कांग्रेस बैठकबाट बाहिरए पनि बैठकमा रहेका सत्तापक्ष र प्रतिपक्षी राजपा र अन्य स्वतन्त्र सांसदले बिमा विधेयकको लागि सैद्धान्तिक छलफल गर्न अनुमति दिए।

अर्थमन्त्री खतिवडाले बिमा विधेयकमाथि छलफलको लागि प्रस्ताव गरे। तर, छलफलमा कुनै सांसदले भाग लिएनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.