प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

रिपोर्ट नेपाल | 2022 Nov 20 | 07:41 am 1425

काठमाडौं, मंसिर ४ः प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान गरेका छन् । भक्तपुरस्थित युनिक नेपाल एकेडेमी लोकन्थलीबाट उनले मतदान गरेका हुन् ।

देशभर आइतबार शुरु भएको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । ती मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । मतदानमा उत्साहप्रदरुपमा मतदाता सहभागी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.