प्रधान सेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

रिपोर्ट नेपाल | 2021 Nov 10 | 03:34 pm 1677

काठमाडाैं, कात्तिक २४ः नेपाल सरकारको निर्णय बमोजिम मिति २०७८ कार्तिक २३ गतेदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका  प्रधान सेनापति महारथी प्रभुराम शर्मालाई आज मिति २०७८ कार्तिक २४ गते राष्ट्रपति भवनमा आयोजित विशेष सुशोभन कार्यक्रम (Investiture Ceremony) मा भारतीय महामहिम राष्ट्रपति राम नाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा (Honorary Rank of General of the Indian Army) को दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाली सेना र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्ध अनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहि आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.