प्रधान सेनापति र UAE का महामहिम राजदूतबीच भेटघाट

रिपोर्ट नेपाल | 2022 Feb 14 | 05:29 pm 1957

काठमाडौं, फागुन २ः प्रधान सेनापति महारथी प्रभुराम शर्मा र Embassy of United Arab Emirates (UAE) का महामहिम राजदूत His Excellency Mr. Saeed Hamdan Al Naqbi बीच आज मिति २०७८ फाल्गुन ०२ गते जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापति महारथी शर्माको कार्यालयमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.