प्रधान सेनापति र पाकिस्तानका महामहिम राजदूतबीच भेटघाट

रिपोर्ट नेपाल | 2022 Oct 11 | 04:28 pm 1101

काठमाडाैं, असाेज २५ः मंगलबार प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका राजदूत His Excellency Mr. Syed Haider Shah बीच जङ्गी अड्‍डामा भेटघाट भएको छ ।

नेपालका लागि मित्रराष्ट्र पाकिस्तानका महामहिम राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेकाे अवसरमा उक्त भेटघाट भएको हो ।

उक्त भेटघाटमा प्रधान सेनापति महारथी शर्माले महामहिम राजदूतले पूरा गरेकाे सफल कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना समेत दिएका थिए ।

यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.