प्रधान सेनापति र नेपालका लागि बंगलादेशका महामहिम राजदूतबीच भेटघाट

| 2022 Mar 09 | 01:04 pm 1805

काठमाडाैं, फागुन २५ः प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र बंगलादेशका राजदूत His Excellency Mr. Salahuddin Noman Chowdhury बीच आज बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

जंगी अड्डा, भद्रकालीस्थित प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.