प्रधान सेनापति र गणतन्त्र कोरियाका महामहिम राजदूतबीच भेट

रिपोर्ट नेपाल | 2021 Nov 16 | 02:31 pm 1589

काठमाडाैं, कात्तिक ३०ः प्रधान सेनापति महारथी प्रभुराम शर्मा र मित्रराष्ट्र गणतन्त्र कोरियाका महामहिम राजदूत His Excellency
Mr. Park Chong-Suk बीच मंगलबार जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ ।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.