काठमाडाैं, माघ १६ः शुक्रबार प्रधान सेनापति पूर्णचन्द्र थापाले मित्रराष्ट्र अमेरिकाका राजदूत महामहिम Randy W Berry संग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधान सेनापति थापा र अमेरिकाका राजदूत महामहिम बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएकाे छ ।