प्रधान सेनापति र अमेरिकाका महामहिम राजदूतबीच भेटघाट

रिपोर्ट नेपाल | 2022 Nov 01 | 07:39 pm 1325

काठमाडाैं, कात्तिक १५ः प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र मित्रराष्ट्र अमेरिकाका राजदूत His Excellency Mr. Dean Richard Thompson बीच जङ्गी अड्‍डामा भेटघाट भएको छ ।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.