काठमाडाैं, पुस ३ः नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९ मंसिर २३ गतेको निर्णय अनुसार सैनिक सेवा नियमावली २०६९ को नियम ४३ को उपनियम (१) बमोजिम अवकाश हुनु पूर्व एक महिना अगाडी प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी श्री दिपक प्रसाद बास्तोला (पि.एचडी.) लाई प्रधान सेनापति प्रभुराम शर्माले आइतबार जङ्गी अड्डामा आयोजित कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सोही अवसरमा, प्रधान सेनापति महारथी शर्माले महा सेनानी दर्जामा पदोन्नती हुनु भएका २ जना प्रमुख सेनानीहरुलाई महा सेनानीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।