प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

रिपोर्ट नेपाल | 2022 Mar 13 | 03:53 pm 1561

काठमाडाैं, फागुन २९ः फागुन २६ गतेको नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रेमध्वज अधिकारीलाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

पदोन्नती भएका उपरथी प्रेमध्वज अधिकारी श्री राष्ट्रिय निकुञ्‍ज तथा पर्यावरण संरक्षण महानिर्देशनालयमा नियुक्ति भएका छन् । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.