प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

| 2023 Aug 18 | 06:09 pm 4193

काठमाडाैं, भदाै १ ।  सहायक रथी श्री गणेश कुमार श्रेष्ठलाई प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले आज जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

उहाँ नेपाल सरकारको मिति २०८० श्रावण ३० गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएको हो । हाल निमित्त कार्यरथीको रुपमा कार्यरत उपरथी श्री श्रेष्ठ पदोन्नतिसँगै कार्यरथीमा नियुक्त हुनुभएको छ ।

 दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा बलाध्यक्ष रथी श्री सिताराम खड्का, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका उपरथी श्री श्रेष्ठको परिवारजनको उपस्थिति रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.