प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

| 2023 Apr 13 | 04:01 pm 1585

काठमाडाैं, चैत ३०ः नेपाल सरकार, मन्त्रिपरिषद्‍को मिति २०७९ चैत्र २४ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सुदर्शन सिल्वाललाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज मिति २०७९ चैत्र ३० गते जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

पदोन्नती भएका उपरथी सुदर्शन सिल्वाल श्री सैनिक ईन्टेलिजेन्स महानिर्देशनालय (ईन्टेलिजेन्स कोर) को महानिर्देशकमा नियुक्त भएका छन् ।

सोही अवसरमा, प्रधान सेनापति महारथी शर्माले महा सेनानी दर्जामा पदोन्नती हुनु भएका ३
जना प्रमुख सेनानीहरुलाई पनि पदोन्नती भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । उक्त कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.