प्रधान सेनापतिको विभिन्न भारतीय पदाधिकारीहरुसँग शिष्टाचार भेट

रिपोर्ट नेपाल | 2021 Nov 11 | 06:44 pm 1625

काठमाडाैं, कात्तिक २५ः मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति महारथी प्रभुराम शर्माले बिहीबार भारतका माननीय रक्षा मन्त्री राजनाथ सिंह, माननीय विदेश मन्त्री डा. एस. जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन् ।

उक्त शिष्टाचार भेट पश्चात आज नै प्रधान सेनापति महारथी शर्माले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको भ्रमण समेत गरेका थिए । उनलाई उक्त अवसरमा कलेजको “Wall of Honor” मा induct गरी सम्मानित गरिएको थियो । यसरी “Wall of Honor” मा induct हुने सम्मान प्राप्त गर्ने उनी पहिलो व्यक्ति हुन् ।

यो सम्मान आफ्नो क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने उक्त कलेजका Alumni हरुलाई मात्र दिइने गरिन्छ । महारथी शर्माले सन २०१३ मा उक्त कलेजबाट National Defense Course (NDC) गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.