काठममाडौं, भदाै २५ : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका छन्। सिंगापुरबाट लामो उपचारपछि फर्किएका उनी आज (बुधबार) बिहान पौन नौ बजे महाराजञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन्।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर स्रोतका अनुसार फलोअपका लागि पुगेका प्रमको स्वास्थ्य जाँच सुरू गरिएको जानकारी दिए।
स्वास्थ्य जाँचका लागि शिक्षण अस्पताल पुगेका प्रधानमन्त्रीको बरेमा सचिवालयका कुनै पनि अधिकारीले उपचारबारे कुनै प्रतिकृया दिएका छैनन्। साथै प्रमको उपचारमा संलग्न चिकित्सकहरूबाट पनि प्रतिक्रिया नआएका बुझिएकाे छ ।