प्रधानाध्यापक सरुवाको विरोधमा विद्यार्थीद्वारा वीरगञ्जमा प्रदर्शन

रिपोर्ट नेपाल | 2018 Dec 27 | 06:09 pm 1673

वीरगञ्ज,  पुस १२ : प्रधानाध्यापक सरुवाको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले आज विरगंज महानगरपालिका अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा वीरगञ्जको माईस्थान विद्यापीठ माविका विद्यार्थी र प्रहरीबीच झडप समेत भएको छ । झडपका क्रममा एक प्रहरी र चार विद्यार्थी घाइते भएका छन् ।

घाइते हुनेमा विद्यार्थीहरूमा सोनी सिंह, रोहित चौरासिया, सुवेस झा र सिद्धार्थ सराथ रहेका छन् । प्रहरी जवानमुकेश यादवपनि घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको आरोप विद्यार्थीहरुले लगाएका छन् । प्रदर्शनमा सहभागी केहि विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले लाठीचार्ज गरेपछि पनि विद्यार्थीहरुले केही समय घन्टाघर अगाडी प्रदर्शन गरेका थिए । माईस्थान विद्यापिठका प्रधानाध्यापक विनोद मेहताको सरुवाको विरोधमा विद्यार्थीहरुले केही दिनदेखि प्रदर्शन गर्दै आएका छन् । महानगरपालिकाले केही समयअघि प्रधानाध्यापक विनोद मेहताको सरुवा गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.