प्रधानसेनापति शर्माद्वारा कञ्चनपुरको होल्डिङ सेन्टर निरीक्षण

रिपोर्ट नेपाल | 2022 Feb 11 | 12:19 pm 1589

कञ्चनपुर, माघ २८ः प्रधानसेनापति प्रभुराम शर्माले कञ्चनपुरस्थित होल्डिङ सेन्टर निरीक्षण गरेका छन् । शुक्रबार बिहान भीमदत्त नगरपालिका-१८ स्थित सालघारीमा सेनाले निर्माण गरिरहेको एक हजार क्षमताको होल्डिङ सेन्टरको निरीक्षण गरेका हुन् ।

त्यसैगरी कञ्चनपुरको भगतपुरस्थित श्री नं.२५ बाहिनी अड्डाको समेत निरीक्षण भ्रमण गरेका छन् । उनले श्री नं.२५ बाहिनी अड्डाको वस्तुस्थिति प्रतिवेदनलगायत फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी लिँदै ब्यारेक क्षेत्र समेत निरीक्षण गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.