प्रधानसेनापति र भारतीय सेनाका रथीबीच भेटवार्ता

रिपोर्ट नेपाल | 2019 Nov 05 | 07:24 am 2183

काठमाडौं, कात्तिक १९: प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय सेनाका क्वाटर मास्टर जेनेरल (रथी) गोपाल आरबीच जंगीअड्डामा भेटवार्ता भएको छ। सोमबार उनीहरू बीच भेटवार्ता गरेका हुन् ।

उक्त भेटवार्तामा उनीहरु बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.