काठमाडौं, असार ७: प्रधानसेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको सप्ताहव्यापी औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फिर्ता भएका छन्।
प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

उक्त अवसरमा नेपालस्थित चीनका महामहिम राजदूत, नेपाली सेनाका रथीबृन्द, रक्षा मन्त्रालयका सहसचिवलगायत नेपालस्थित चीनका सैनिक सहचारीको उपस्थिति रहेको थियो । थापालाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति थापा सप्ताहव्यापी भ्रमणको लागि २०७६ आषाढ १ गते मित्रराष्ट्र चीन प्रस्थान गरेका हुन् ।