काठमाडौं, असोज ११ः नेपाली सेनाका प्रधानसेनापति पुर्ण चन्द्र थापा मिति आइतबारबाट सेफ क्वारेन्टिनमा बरेका छन् ।
प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरीएको निर्देशिका र मापदण्ड बमोजिम उनले स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै आफूलाई सेफ क्वारेन्टिनमा राखेका हुन् ।
जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डा, काठमाडौंबाट जारी गरिएको सूचनामा उक्त कुराको जनाकारी गराएको हो ।
