प्रधानसेनापति थापा र संयुक्त राष्ट्रसंघका नायव महासचिवबीच भेटवार्ता

रिपोर्ट नेपाल | 2018 Nov 16 | 03:33 pm 1789

काठमाडौं, कार्तिक ३० : प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघका नायव महासचिव अमिना जे मोहम्मदबीच आज भेटवार्ता भएको छ । सैनिक मुख्यालय भद्रकालीमा भएको भेटमा राष्ट्रसंघको शान्ति मिसनमा नेपाली सेनाको योगदान लगायतका बिषयमा छलफल भएको थियो ।

भेटमा नायव महासचिव अमिनाले शान्ति मिसनमा नेपाली सेनाले गरेको कामको प्रशंसा गर्दै राष्ट्रसंघ नेपाली सेनासँग मिलेर काम गर्न उत्सुक रहेको प्रतिक्रिया दिएकी छन् । जंगी अड्डाले भेटवार्तामा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जानकारी दिएको छ ।

उप–महासचिवले बिहीबार प्रधानमन्त्री केपी ओलीसँग भेट गरेकी थिइन् । उच्च तहको छलफल तथा ‘शिक्षाका लागि विश्व अभियान’ सम्मेलनमा भाग लिन उनी बिहीबार नै नेपाल आएकी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.