प्रधानसेनापति थापाले विशेष सम्बोधन गर्ने

रिपोर्ट नेपाल | 2021 May 25 | 01:13 pm 35121

काठमाडौं जेठ ११ः नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यकाल सकिन लाग्दा सकलदर्जालाई सम्बोधन गर्ने भएका छन्। उनले प्रधानसेनापतिमा नियुक्त भएको १ हजार दिनको अवसरमा जेठ २३ मा विशेष सम्बोधन गर्ने तयारी गरिएकाे हाे ।

सैनिक स्रोतकाअनुसार थापाले आफ्नो तीन वर्षे कार्यकालमा गरेका काम र भावी नेतृत्वको चयनको विषयमा आफ्ना धारणा राख्ने तयारी गरेका छन् । प्रधानसेनापति थापा २०७५ भदौ २४ मा नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएका थिए ।

उनको नियमित कार्यकाल आगामी भदौ २४ मा सकिंदैछ । एक महिना पहिला विदमा बस्ने सैनिक परम्पराअनुसार थापा आगाीमा साउन २४ मा बिदामा बस्नेछन् । उनले आफू निकट सैनिक अधिकारीहरुलाई आफू समयमै विदामा बस्ने र नेतृत्व हस्तान्तरणको लागि पनि समयमै प्रक्रिया सुरु गर्ने बताइसकेका छन् । प्रधानसेनापति थापाले सम्बोधनका क्रममा नेतृत्वको हस्तान्तरण गर्नेबारे पनि आफ्ना भनाई राख्ने तयारी छ ।

थापाले अवकास पाएपछि नेपाली सेनामा हालका बलाधिकृतरथी प्रभुराम शर्मा सेनाको प्रधानसेनापति बन्ने लाईनमा छन् । सेनामा दुई जना रथीको दरबन्दी छ । सेनाका अर्का रथी ईश्वर हमाल भने हाल फोर्स कमाण्डरका रुपमा मिसनमा कार्यरत छन् । उनी रथीमा बढुवा भएदेखी नै अनडफ मिसेनमा फोर्स कमाण्डरका रुपमा जिम्मेवारी सम्हालिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.