प्रधानसेनापति थापाद्वारा प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता-२०७७ सम्पन्न

रिपोर्ट नेपाल | 2021 Jan 15 | 08:58 pm 3025

काठमाडाैं, माघ २ः मिति २०७७ पुस २१ गते शुरु भएको प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता-२०७७ आज मिति
२०७७ माघ २ गते जङ्गी अड्डास्थित खेल मैदानमा प्रधानसेनापति पूर्णचन्द्र थापाले एक विशेष समारोहका बीच समापन गरेका छन् ।

No description available.

यस प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, शुटीङ्ग र एथलेटीक्स गरी ५ वटा विधा समावेश गरिएको थियो भने आर्चेरीलाई पहिलो पटक डेमोन्सट्रेशन खेलको रुपमा समावेश गरिएको थियो । समापनको क्रममा प्रधानसेनापति थापाले पृतना तथा बाहिनीतर्फको समग्र खेलकुदमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः श्री नं.१६ बाहिनी अड्डा, श्री मध्य पृतना हेडक्वाटर तथा श्री उतर पश्चिम पृतना हेडक्वाटरलाई नगद तथा ट्रफि प्रदान गर्नुभएको थियो ।

उनले गणतर्फको खेलकुदमा समग्रमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः श्री जगदल गण, श्री नं.१
जगदल गण र श्री चण्डीदल गणलाई समेत ट्रफि तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

No description available.

सोही अवसरमा प्रधानसेनापति थापाले अतिरथी स्वर्गीय निर शम्सेर ज.ब.रा. पुरस्कार Run for Fun-2076 को दौरान म्याराथुन प्रतियोगिताका विजेता जम. होमलाल श्रेष्ठलाई तथा महारथी श्री गौरव शम्सेर्र ज.ब.रा. अजेयबलसम्पन्न ट्रफी महिला तर्फ तेक्वान्दोकी खेलाडी नीता गुरुङ्ग र पुरुष तर्फ ब्याडमिन्टन खेलाडि जम.क. रत्नजित तामाङ्गलाई हस्तान्तरण गरेका थिए ।

No description available.

उक्त अवसरमा बलाधिकृत रथी श्री प्रभुराम शर्माले आजै आयोजित गण फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रथम स्थान हासिल गर्न सफल जगदल गणका खेलाडीहरुलाई ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेका थिए । त्यसै गरी उक्त खेलमा द्वितीय हुने नयाँ गोरख गणका खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले र तृतीय हुने भैरव प्रसाद गणका खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (ANFA) का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले प्रमाणपत्र तथा पदक प्रदान गर्नु भएको थियो ।

No description available.

यसअघि बास्केटबलमा प्रथम हुने मध्यपूर्वी पृतना हेडक्वाटरलाई उ.र. निरन्जन कुमार श्रेष्ठले, भलिबलमा प्रथम हुने उपत्यका पृतनालाई उ.र. गोकुल भण्डारीले, सुटीङ्गमा प्रथम हुने नं. १६ बाहिनीलाई उ.र. अनन्त कार्कीले र एथलेटिक्सतर्फ पनि प्रथम हुने नं. १६ बाहिनिलाई उ.र. सरोज प्रताप राणाले ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरीसकेका थिए ।

No description available.

उक्त समापन कार्यक्रममा पूर्व प्रधानसेनापतिहरु, रथीबृन्दहरु, अन्य सुरक्षा अंगका उच्च अधिकृत प्रतिनिधीहरु लगायत नेपाली सेनाका बहालवाला तथा भू.पू. सकलदर्जाको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.