प्रधानसेनापति क्षेत्रीलाई अमेरिकी सेनाको कमाण्डरको पदक

| 2018 Aug 05 | 06:53 pm 2984

काठमाडौं,  साउन २० :  प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई संयुक्त राज्य अमेरिकाले सैन्य फोर्सले कमाण्डरको पदक दिएको छ । अमेरिकी सेनाले क्षेत्रीलाई ‘द लिजेन अफ मेरिट’ पदक दिएको हो ।

अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डका सह कमाण्डर लेफटिनेन्ट जनरल ब्रायन फेन्टनले आइतबार जंगी अड्डामा पदक हस्तानान्तरण गरेका हुन् । आइतबार अपरान्ह जंगी अड्डा पुगेका जनरल फेन्टनसँग आपसी हितका विषयमा छलफल भएको सैनिक मुख्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.