प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त गर्ने सरकारको निर्णय

| 2018 Aug 19 | 06:55 pm 2272

काठमाडौं, भदाै ३ :  सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्न सिफारिस गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापतिमा सिफारिस गरेको हो।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । प्रधानसेनापति क्षत्री साउन २३ गतेदेखि विदामा बसेपछि थापाले नै कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको भदौ २४ बाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्दैछन्। उनी अहिले बिदामा छन्। सैनिक परम्परा अनुसार प्रधानसेनापति महारथीले अवकाश भन्दा एक महिना अगाडि विदा बस्ने परम्परा रहदै आएको छ।

थापालाई साउन १० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम साउन २५ गतेको मितिबाट लागू हुने गरी प्रधानसेनापतिमा कायम मुकायम मुकरर गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.