प्रधानसेनापतिद्वारा प्रधानसेनापति प्रशंसा निशान प्रदान

रिपोर्ट नेपाल | 2019 Mar 01 | 08:55 pm 2036

काठमाडौं, फागुन १७  : गत १५ बुधबार तेह्रथुम जिल्लाको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि गएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको टोली ताप्लेजुङ जिल्लास्थित पाथीभरा देवीको दर्शन गरी काठमाण्डौँ फिर्ता हुने क्रममा एयर डाईनेस्टिक हेलिकोप्टर दुर्घटना भएको थियो ।

उक्त दुर्घटना पश्चात हेलिकोप्टरको खोज तथा उद्धारका लागि खटिएका नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जासहित ४६ जनाले प्रतिकूल मौषममा पनि उद्धारमा देखाएको साहसिक कार्यको उच्च मूल्याँकन गर्दै प्रधानसेनापति प्रशंसा निशान (COAS COMMANDATION BADGE) प्रदान गरिएको छ ।

सो निशान प्राप्त गर्ने मध्ये उपत्यका भित्रका युनिटहरुमा कार्यरत अधिकृत, पदिक तथा अन्यदर्जा गरी १६ जनालाई आज शुक्रबार सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा आयोजित एक समारोहमा प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले प्रधानसेनापति प्रशंसा निशान(COAS COMMANDATION BADGE) प्रदान गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.