प्रधानसेनापतिद्वारा निरीक्षण भ्रमण सम्पन्न

रिपोर्ट नेपाल | 2019 Apr 25 | 05:58 pm 1899

काठमाडौं, वैशाख १२:  प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालगञ्जस्थित श्री नम्बर ४ बाहिनी अड्डाको निरीक्षण भ्रमण पश्चात काठमाण्डौँ फर्केका छन् ।

निरीक्षणको क्रममा प्रधानसेनापति थापाले उक्त वाहिनी अड्डाको वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए । साथै २०७६ वैशाख ११ गते नेपालगञ्ज रंगशालामा सञ्चालन भएको आठौँ राष्ट्रिय खेलकुद समापन समारोहमा समेत सहभागिता जनाएका थिए ।

२०७५ चैत्र २७ गतेदेखि २०७६ वैशाख ११ गतेसम्म सञ्चालन भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले प्रतियोगिताको सुरुदेखि अन्तिमसम्म उत्कृष्ट खेलहरु प्रदर्शन गर्दै १ सय ४० गोल्ड मेडल, ७९ रजत र ६७ कांस्य गरी जम्मा २ सय ८६ वटा पदकहरु प्राप्त गर्दै प्रतियोगितामा सहभागी टिमहरु मध्ये शिर्ष स्थान हासिल गर्न सफल भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.