काठमाडौं, चैत्र ४ : खरिपाटीस्थित श्री नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालन भईरहेको सि.सं.५७ अ.क्या. तालिममा तालिमरत अधिकृत क्याडेटहरुको स्नातक तहको दीक्षान्त समारोहको सोमबार प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

उक्त समारोहमा प्रधानसेनापति थापाले एकेडेमीको विभिन्न विषयमा उत्कृष्ट अंक हासिल गरी एकेडेमी तर्फ प्रथम, द्धितिय र तृतिय हुने शिक्षार्थीहरुलाई क्रमश सफलता श्रेष्ठ, सन्जोग कार्की र प्रज्वल खतिवडालाई पुरस्कृत गरेका थिए ।
दीक्षान्त समारोहमा पुरुष ५४ जना, महिला ८ जना र विदेशी २ जना (केन्या र माल्दिभ्स) का गरि जम्मा ६४ जना शिक्षार्थीहरु दीक्षित भएका थिए ।
दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा श्री तिर्थराज खनिया, अवकाश प्राप्त प्रधानसेनापतिहरु, प्राध्यापकहरु, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, अधिकृतलगायत अधिकृत क्याडेटका परिवारजनको समेत उपस्थिति रहेका थिए ।