काठमाडाैं, बैशाख ३०ः नेपाल सरकार, मन्त्रीपरिषद्को बैठकले २०७७ बैशाख २४ गतेको निर्णय बमोजिम २४ गतेबाट लेखा उपरथी दर्जामा पदोन्नती भएका लेखा सहायक रथी ध्रुवराज खत्रीलाई जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
लेखा उपरथी दर्जामा पदोन्नती भएका लेखा उपरथी ध्रुवराज खत्रीलाई श्री सैनिक आर्थिक प्रशासन विभागको विभागीय प्रमुखको जिम्मेवारी दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।