काठमाडाैं, बैशाख २१ः नेपाल सरकार, मन्त्रीपरिषद्को बैशाख १४ गतेको निर्णय बमोजिम बैशाख १९ गतेबाट रथी दर्जामा पदोन्नती भएका उपरथी प्रभुराम शर्मालाई आइतबार जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

साथै उक्त कार्यक्रममा नेपाल सरकार, मन्त्रीपरिषद्को बैशाख १४ गतेकै निर्णय बमोजिम बैशाख १४ गतेबाट उपरथी दर्जामा पदोन्नती भएका सहायक रथी आनन्द कुमार अधिकारी र बैशाख १९ गते गतेबाट उपरथी दर्जामा पदोन्नती भएका सहायक रथी संजय थापालाई समेत प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

रथी दर्जामा पदोन्नती भएका रथी प्रभुराम शर्मालाई बलाध्यक्षको जिम्मेवारी दिईएको छ भने उपरथी दर्जामा पदोन्नती भएका उपरथी आनन्द कुमार अधिकारीलाई उपत्यका पृतना हे.क्वाको पृतनापति र उपरथी संजय थापालाई मध्य पश्चिम पृतना हे.क्वाको पृतनापतिको जिम्मेवारी दिइएको छ ।
उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।