प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

| 2021 Oct 31 | 12:37 pm 2349

काठमाडाैं, कात्तिक १४ः  मिति २०७८ कात्तिक ११ गतेको नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार रथी दर्जामा पदोन्नति भएका उपरथी सरोज प्रताप राणालाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

रथी दर्जामा पदोन्नति भएका रथी सरोज प्रताप राणा बलाध्यक्षमा नियुक्ति भएका छन् । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.