काठमाडौं, साउन ८: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू आजभोलि भेटघाट मन्त्रीजस्तो भएको बताएका छन्।
नेकपाले मंगलबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रमलार्इ सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले हरेक दिन बिहान निवास बाहिर भेटघाट गर्नेको ठुलो लाइन हुने भएकोले बिहानदेखि बेलुकासम्म भेटघाटमै व्यस्त हुनुपर्छ। उनले भने, ‘धेरैको प्रधानमन्त्रीलार्इ भेट्न पाएन भनेर गुनासो छ । तर, म बिहानदेखि बेलुकासम्म भेटघाटमै व्यस्त हुन्छु। आजभोली त लाग्छ म कतै भेटघाट मन्त्री त होइन्।’
उनले डा केसीका जायज माग सम्बोधन गर्न सरकर तयार रहेको तर केसीको नाममा अरुले राजनीति गरेको सरकारलार्इ मान्य नहुनेसमेत बताएका छन्। स्वास्थ्यजस्तो संवेदशिल विषयमा हड्ताल नगर्न समेत चिकित्सकलार्इ आग्रह गरेका छन्।
प्रधानमन्त्री ओली मुलुक समृद्धिको यात्रातिर अघि बढिरहेकोले सानातिना कुरा नअल्झिने उल्लेख गरे। उनले भने, ‘ सरकार सानातिना कुरामा अब अल्झिदैन। काठमाडौंका खाल्डा मैले बनाएको हो र। अनि त्यो एकैचोटी पुर्नलार्इ जादुगर पनि होइन्।’
विकास निर्माण गर्दा समय लाग्ने भएकोले धैर्यता गर्नसमेत आग्रह गरेका छन्।
अहिले दुर्गा प्रसाइकोमा गएर मार्सी खानु गलत भएको बताउँदै उनले भने, ‘प्रचण्ड जी र म दुर्गा प्रसाइकोमा गएर भात खानु गलत हो। तर, त्यो मार्सी मिठो भएन। अहिले कांग्रेस केही सामग्री नपाएर त्यही मार्सीको विज्ञापन गरेर बसीरहेको छ।
मुलुकमा व्याप्त भ्रष्ट्राचार र बेथिति अन्त्य गरी तीनवर्षभित्र विश्वकै उच्च आर्थिक वृद्धिदर भएको मुलुक बनाएरै छाड्ने प्रधानमन्त्री ओलीले दाबी गरे।