प्रधानमन्‍त्रीको प्रश्न: चार महिनामै समृद्धि आउँछ?

रिपोर्ट नेपाल | 2018 Jul 18 | 08:07 am 1330

काठमाडौं, साउन २ : प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि दुर्इ-चार महिनामै हासिल गर्न नसकिने बताएका छन्। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार आयोजित कार्यकर्ता भेटमा प्रधानमन्त्रीले चार महिनामै समृद्धि आउँछ? भन्‍ने प्रश्न गर्दै भने, समृद्धि आउन केही समय लाग्छ, अलिकति त धेर्य गर्नुपर्‍यो नी।’

चुनाव अघिको सरकारले देशमा जथाभावी गरेकाले त्यसलाई सही ठाउँमा ल्याउन समय लागेको बताए। पार्टि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीले सरकारविरुद्ध अफवाह फैलाएकाले त्यसको प्रतिवाद गर्न नसकेको भन्दै कार्यकर्ताप्रति आक्रोश व्यक्त गरे। उनले भने, ‘विपक्षीले सरकार विषयमा अनेक अफवाह फैलाइरहेको छ, त्यसको प्रतिवाद गर्नुस्।’

प्रधानमन्त्री केपी ओलीले कसैले थर्काएको भरमा आफू नडराउने समेत उल्लेख गरे। उनले भने, ‘संविधान, नियम, कानुन र विधिअनुसारै सरकारले काम गर्छ। जसले जे माग राख्यो त्यो पूरा गर्ने, कसैले थर्काउँदा थर्किने वा दबाबमा परेर निर्णय गर्ने काम हुँदैन।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.