काठमाडौँ, माघ ४ः नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा दुईपक्षीय दौत्य सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।
उनीहरूबीच दुई देशबीच रहेको पुरानाे सम्बन्धलाई प्रगाढ बनाउने विषयमा छलफल केन्द्रित थियो ।