प्रधानमन्त्री रोजगार कार्यक्रम स्वच्छ भएको मन्त्री विष्टको दावी

रिपोर्ट नेपाल | 2019 Jun 24 | 04:16 pm 1942

काठमाडौं, असार ९:  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम दुरुपयोग नभएको बताएका छन् । सोमबार संघीय संसदमा प्रतिपक्ष दल नेपाली कांग्रेसले कार्यक्रम कार्यकता भर्ती गर्ने क्लब भएको आरोप लगाएपछि मन्त्री विष्टले त्यसको उत्तर दिने क्रममा संसदमा उक्त कुरा बताएका हुन् ।

बहुमत प्राप्त सरकारले बेरोजगार नेपालीलाई रोजगार दिनु दायित्व भएकोले निश्पक्षताका आधारमा भर्ना गरिएको मन्त्री विष्टको भनाई रहेको थियो । प्रमुख प्रतिपक्षदलका सांसदले जवाफ माग गरेपछि मन्त्री विष्टले आगामी वर्ष पाँच लाख नेपालीलाई रोजगार दिने बताएका थिए ।

श्रम ऐन २०७४ अनुसार श्रमीकको सुधारका लागि पोशाक वितरण गरिएको समेत मन्त्री विष्टले संसदलाई जानकारी गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.