प्रधानमन्त्री भैंसी चढेर आएको’ वाक्य संसद्को रेकर्डबाट हटाइयो

रिपोर्ट नेपाल | 2023 Jun 05 | 02:45 pm 1385

काठमाडौं, जेठ २२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले ‘हामी चाहन्थ्यौं। प्रधानमन्त्री प्लेन चढेर पोखरा विमानस्थलमा झर्नुहुन्छ भनेर तर दूर्भाग्यवस भसी चढेर आएको कुरा आए’ भनेपछि सोमबारको संसदमा हंगामा भएको थियो।

यसप्रति नेकपा माओवादी  केन्द्रका सांसदहरुले आपत्ति जनाएपछि सभामुख देवराज घिमिरले उक्त वाक्य हटाउन निर्देशन दिएका हुन।

सभामुख घिमिरेले, ‘भैंसी चढेर आएको भन्ने शब्द जल्ले बोल्नु भएको भएपनि यो शब्द रेकर्डबाट हटाउन निर्देशन गरेका थिए। । सभामुख घिमिरले निर्देशन गरी सकेपछि माननिय सदस्यहरु अगाडी बढनुहोस । आसन गरौं।’

उनले ‘प्रधानमन्त्री पुष्पकमल दाहाल भैंसी चढेर आएको’ वाक्य संसदको इतिहासमा त्यस्तो रेकर्ड उचित हुन्न भनेर हटाउन निर्देशन दिएको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.