काठमाडौं, माघ १५ : नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ । सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने नीति अनुरुप नेवि संघले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा उत्रिएका नेवि संघका करिब ३० जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेविसंघको नेताहरु सुशील भट्ट निरञ्जन थापा, सुवोध ओली, किरण भट्टराई, सन्तोष गुरुङ, शौरभ घिमिरे, सन्देश पन्तलगायत रहेका छन् । पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लबमा राखिएको बताइएको छ । निषेधित क्षेत्र तोडेर प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि पुगेका नेविसंघका कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजीसहित सिठ्ठी फुक्दै विरोध प्रदर्शन गरेका थिए ।